२०८२ कार्तिक १३, बिहीबार ०७:३१

च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्न दक्षिण अफ्रिकाका फास्ट बलर वायने पार्नेललाई ल्याउने भएको छ ।

यसका लागि जनकपुर बोल्ट्सले पार्नेलसँग सम्झौता गरेको जनाइएको छ । देब्रेहाते ३६ वर्षे पार्नेलले दक्षिण अफ्रिकाबाट ६ टेस्ट, ७३ एक दिवसीय अन्तर्राष्ट्रिय र ५६ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । सो क्रममा उनले १७३ विकेट लिइसकेका छन् । उनले सन् २००६ मा श्रीलंकामा भएको आईसीसी यु–१९ विश्वकप खेलेका थिए भने त्यसको २ वर्षपछि मलेसियामा भएको यु–१९ विश्वकपमा दक्षिण अफ्रिकाको कप्तानी गरेका थिए ।



पार्नेलले इन्डियन प्रिमियर लिगमा दिल्ली डेरडेभिल्स र रोयल च्यालेन्जर बेङलोरबाट खेलिसकेका छन् । उनीसंग विश्वव्यापी फ्रेन्चाइज लिगमा खेलको अनुभव छ । सो क्रममा उनले सबैखाले ट्वान्टी– २ ० का ३ सय खेल खेल्दै ३ सय १७ विकेट लिएका छन् । ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् ।

यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिज क्रिकेटका महान हस्ती शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रिने छ । बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउँदा निकै उत्साहित रहेको जनाए ।

जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प अहिले भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ । उक्त टोलीका तीन खेलाडी आसिफ शेख, ललित राजवंशी र अनिल साह नेपाली टोलीबाट विश्व क्रिकेट लिग २ खेल्न दुबईमा छन् ।

Comment


Related News

Latest News

Trending News