धनुषामा बेग्लाबेग्लै घटनामा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरधाममै आफ्नै पसल अगाडि मृत अवस्थामा फेला परेको छ भने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ स्थित रमदैयातर्फ जनकपुरधाम–ढल्केबर सडक खण्डको पूर्वतर्फ एक युवक मृत अवस्थामा फेला परेको छ । त्यस्तै जनकपुरधाममा मंगलबार रामानन्दचोकस्थित एक पसलमा स्थानीय व्यापारी ४५ वर्षीय दिनेश साह मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मृतकको पहिचान क्षीरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कासिम कवारीका रूपमा गरिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
बुधबार विहान सडक छेउमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ धनुषा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का कार्य पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले दिएको जानकारी अनुसार घटनाको प्रकृति प्रारम्भिक रूपमा स्पष्ट नभएकाले विस्तृत अनुसन्धान थालिएको छ । धनुषा प्रहरीले घटनाको कारण पत्ता लगाउन घटनास्थल वरिपरिका सिसिटिभी फुटेज पनि संकलन गर्न थालेको बताइएको छ । यता सो घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेको जनाइएको छ ।

