२०८२ कार्तिक १३, बिहीबार १२:३२

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक म्याटले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिनुभयो ।

गएको फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रोसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रोसले झन्डै आठ महिनामै राजीनामा दिएको एन्फाले जनाएको छ । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने महासचिव राईले बताउनुभयो ।

आठ महिनमा रोसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात वटा अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जीत हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।

Comment


Related News

Latest News

Trending News