२०८२ कार्तिक १४, शुक्रबार ०८:१६

मुख्यमन्त्री जितेन्द्र सोनलसंग नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीले विहीवार जनकपुरधाममा शिष्टाचार भेटघाट गरेको छ ।

सो भेटघाटका क्रममा मुख्यमन्त्री सोनलले मधेश प्रदेश सरकारको प्रमुख प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रको समृद्धिका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य हुनेमा जोड दिएका छन् । उनले प्रदेशको समग्र विकासका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि बताइएको छ ।

यस अवसरमा बेलायती टोलीकी प्रमुख सिननले प्रदेश सरकारका विकास प्रयासहरूमा सहकार्य र समर्थनका लागि दूतावास प्रतिवद्ध रहेको बताउँदै सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्न इच्छा व्यक्त गरे । सो भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News