२०८२ कार्तिक १४, शुक्रबार १७:२९

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु र आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका हुन्।

संरक्षक चौधरीले आफूहरु थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिरसमेत गरे। उनले कुनै पनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताए।

उनले भने, ‘रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु– फेरि यो देशमा चुनाव हुँदैन। के को चुनाव हुन्छ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ?’

Comment

Related News

Latest News

Trending News