२०८२ कार्तिक १५, शनिबार ०७:०४

‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोष जनकपुरधामद्वारा संयुक्त रुपमा शुरू गरिएको छ ।

उक्त कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला र संस्कृति विषयमा छलफलका संगै सामाचकेवा बनाउने कलात्मक विधिबारे अभ्यास गराइने छ । कार्यक्रममा माइकल हट्टले मिथिलाको संस्कृति र सामा–चकेवा पर्वले सामाजिक तथा आर्थिक सम्बन्ध सुदृढ बनाउने उल्लेख गरे । उनले यस परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावनासमेत रहेको बताए ।



स्थानीय कलाकारहरूका सीप र सिर्जनशीलतालाई विश्वस्तरमा प्रवद्र्धन गर्न अध्ययन र अभिलेखीकरण आवश्यक रहेको पनि उनले धारणा राखे । कोषका अध्यक्ष जीवनाथ चौधरीले सामा–चकेवा हाम्रो मिथिलाञ्चलको सांस्कृतिक सम्पदा रहेको बताए । उनले दिदीबहिनी– दाजुभाइबीचको स्नेह, प्रेम, आत्मीयताको सन्देश निहित रहेको उल्लेख गरे । कार्यक्रममा अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरू मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

मैथिली विकास कोषका अनुसार आगामी दिनहरूमा पनि यस्ता कला–संस्कृति केन्द्रित कार्यशालाहरूलाई विद्यालय र समुदाय स्तरमा विस्तार गर्ने योजना रहेको छ ।

Comment


Related News