२०८२ कार्तिक १५, शनिबार १०:२९

सप्तकोसी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोसी ब्यारेजका १६ वटा ढोका खोलिएका छन्।

गएरातिको मापनमा ब्यारेज भएर बहने पानीको सतह १ लाख ३४ हजार ५५५ क्युसेक पुगेपछि १६ ढोका खोलिएको छ।

गत असोज १९ गते नदीमा पानीको प्रवाह अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका थिए । त्यसपछि केही समयसम्म प्रवाह घटेको भए पनि बिहीबार देखिको अविरल वर्षाका कारण आज साँझदेखि सप्तकोशीमा पुनः पानीको मात्रा बढ्न थालेक हो।

लगातार भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Comment

Related News

Latest News

Trending News