२०८२ कार्तिक १५, शनिबार १९:२७

आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।



दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए ।

मिलिन्द कुमारले ७० रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रहार गरे । ऐरीले सर्वाधिक ७५ रन योगदान दिए ।

करण केसीले ३१ बलमा ४९ रन बनाए । उनी अर्धशतक बनाउन चुके । त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा अमेरिकाका लागि हर्मीत सिंहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २/२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

Comment


Related News

Latest News

Trending News