२०८२ कार्तिक १६, आईतवार १०:४९

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।‍ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News