२०८२ कार्तिक १७, सोमबार ०७:०९

जनकपुरधाममा समाचकेवा महोत्सव २०८२ शुरु भएको छ ।

जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा आइतबारदेखि शुरु भएको सामाचकेवा महोत्सवमा देशका विभिन्न जिल्लाबाट आएका १४ वटा टिमको सहभागिता रहेको मैथिली विकास कोषले जनाएको छ ।



मौलिक मैथिली संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको समाचकेवा महोत्सवमा सुनसरी जिल्लाका थारु समुदायका एक टिमको सहभागिता रहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । राजर्षि जनक विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. अमर प्रसाद यादव, मैथिलानी अगुवाहरू तथा संस्कृति विद्हरूको सहभागिता रहेको छ ।

सो महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । मैथिली लोक संस्कृतिको रुपमा रहेको सामाचकेवा पछिल्लो केही वर्षदेखि जनकपुरधाममा भव्य कार्यक्रमहरु पनि हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News