२०८२ कार्तिक १७, सोमबार ०७:२५

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपलियाले आईतवार जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण पश्चात निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट पुगेका डीआईजी थपलियाले कार्यालय परिसरभित्रका सबै शाखा, थुनुवा हिरासत कक्ष, ब्यारेक भवन लगायतका संरचनाहरूको अवलोकन तथा निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, कार्यालयको भौतिक संरचना, स्वच्छता र सेवा प्रवाहको अवस्था प्रत्यक्ष अवलोकन गरी सुधार गर्नुपर्ने पक्षहरूमा सुझाव र आवश्यक निर्देशनहरू समेत दिएको रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीले बताए ।



उक्त अवसरमा एसपी कार्की सहितका जिल्ला मातहतका सबै युनिट इन्चार्जहरूको उपस्थित रहेको थियो । डीआईजी थपलियाले ब्रिफिङ सत्रमा मातहतका प्रहरी अधिकृतहरूलाई कानून कार्यान्वयनमा शून्य सहिष्णुता अपनाउन, नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन, र प्रहरी संगठनको अनुशासन तथा इमानदारीलाई प्राथमिकता दिन निर्देशन दिएका थिए ।

रौतहटजस्तो सीमावर्ती जिल्लामा सुरक्षा चुनौतीहरू विविध र जटिल हुने भएकाले उच्चस्तरीय ध्यान र निर्देशनले स्थानीय प्रहरी संयन्त्रलाई बलियो बनाउने संकेत गरेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News