२०८२ कार्तिक १८, मंगलवार ०७:४५

नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह पुनः नियुक्त भएका छन् ।

मधेश प्रदेशका पूर्वमन्त्री समेत रहेका साहलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशसभामा दलको नेता पुनः नियुक्त गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डललाई माओवादी केन्द्रका संयोजकसमेत रहेका दाहालद्वारा हस्ताक्षरित पत्र पठाएर साहलाई दलको नेता कायम गर्न निर्णय भएको जानकारी गराइएको छ ।

पत्रमा भनिएको छ– ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद साहलाई पुनस्र्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउन अनुरोध गर्दछु ।’

साह यसअघि पनि माओवादी केन्द्रको तर्फबाट संसदीय दलको नेता रहिसकेका छन् । यस अघि साह मधेश प्रदेश सरकार अन्तर्गतको गृह तथा सञ्चार र अर्थ मन्त्री समेत भइसहेका छन् ।

Comment


Related News

Latest News

Trending News