२०८२ कार्तिक १८, मंगलवार ०७:५४

मधेश प्रदेशभरका विभिन्न पालिकामा स्थापना गरिएको जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारीहरू सेवा निरन्तरताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश सरकारले हालसम्म मधेशका १ सय ३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी स्थानीय स्तरमै स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याएको छ । ती प्रयोगशालामा कार्यरत २ सय ७२ कर्मचारीहरूले आफ्नो सेवाको निरन्तरता सुनिश्चित गर्न माग गर्दै विभिन्न माध्यमबाट आवाज उठाएका हुन् ।



ग्रामीण क्षेत्रमा नसर्ने रोगहरूको प्रकोप बढ्दै गएको अवस्थामा जनस्वास्थ्य प्रयोगशालाको सेवाले रोगको पहिचान र निदानमा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सञ्चालनमा आएपछि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सस्तो र स्थानीय तहमै उपलब्ध गराइरहेको छ ।

स्वास्थ्य सेवा विशेषज्ञहरूका अनुसार यी प्रयोगशालाले समयमा रोग पहिचान गर्न र उपयुक्त उपचार सुरु गर्न मद्दत पुर्याइरहेको छ । यसले महामारी र स्वास्थ्य संकटको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । कर्मचारीहरूले प्रदेश सरकारसँग बैठक गरी तत्कालीन नीति र सेवा निरन्तरता सुनिश्चित गर्न पहल गर्न दबाब दिएका छन् । साथै सामाजिक सञ्जाल र स्थानीय आन्दोलनमार्फत आफ्नो मागलाई जनसमक्ष ल्याइरहेका छन् ।

Comment


Related News

Latest News

Trending News