२०८२ कार्तिक १८, मंगलवार ११:११

रौतहटमा नकल्ली ब्लुबुक बनाएर चोरीको मोटरसाईकल बेच्ने गिरोहको खुलासा भएको छ। रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीको निर्देशन र ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवको सक्रियताले उक्त गिरोहबारे खुलासा भएको हो।

जिल्लाको पश्चिमिभेग फतुवा बिजयपुरमा आईतावार राती चोरीको मोटरसाईकल सहित दुईजना पक्राउ परेपछी चोरीको मोटरसाईकल लाई सक्कली बताएर सर्वसाधारण लाई झुक्याएर बिक्री गर्ने तरिका गिरोहको खुलासा हुँदै गएको छ। ६ दिन अघी ग्लोबल आईएमई बैंक बिजयपुर कार्यरत कर्मचारी पप्पु साहले कटहरिया नगरपालिका ५ का ४५ बर्षीय ९नाक कट्टा० भन्ने धर्मेन्द्र महतो कोईरी लगायत संग २ लाख रुपैयाँमा मधेश प्रदेश ०३ु० ३८प ८१३८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल खरिद गरेका थिए। ब्लुबुकमा उक्त मोटरसाईकलको धनीको स्थानमा गरुडा नगरपालिका ९ का चन्दन साह तेली उल्लेख रहेको थियो । धर्मेन्द्र महतोले बिजयपुरमै बसेर लेखनदास संग चन्दन साहको नाउँको उक्त मोटरसाईकल पप्पु साहको नामले बिक्रिनाको कागज लेखाएर दिएका थिए। नामसारी पछी गराउने सहमती भएको पप्पु साहले बताएका छन्।

यसै बीच त्यसको भोलिपल्ट अर्थात ५ दिन सोही गिरोहले एउटा अर्को मोटरसाईकल बिक्री गर्न बिजयपुरका अर्का स्थानिय संग ब्लुबुक देखाएर कुरा गरेका थिए। उक्त स्थानीयले नाम प्रकाशन नगर्ने सर्तमा भने चोर गिरोहले देखाएको मोटरसाईकलको नम्बर यातायात कार्यालय वीरगंजमा हेराउँदा उनीहरूले देखाएको ब्लुबुकको नाम फरक देखिएको थियो। उनले पप्पु साहलाई सो बारे जानकारी दिएका थिए।

लगत्तै पप्पु साहले ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर सुरेन्द्र यादव लाई जानकारी गराउँदा गिरोह लाई पक्राउ गर्ने योजना बनेको थियो।

योजना अनुसार आईतवार राती फतुवा बिजयपुर नगरपालिका–८ स्थित बिजयपुर चौक नजिक तीनजनाको समूहले मोटरसाइकल बिक्री गर्न स्थानीय संग कुराकारी सुरु गरेको थियो।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको निर्देशनमा इन्स्पेक्टर सुरेन्द्र यादवको कमाण्डमा खटिएको टोलीले आइतबार राति करिब साढे ८ बजे दुई जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–८, बेतावना टोलका ३४ बर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ बर्षीय परमानन्द महतो भन्ने प्रेम महतो रहेको एसपी कार्कीले बताएका छन्।

गिरोहका मुख्य नाईके कटहरिया ५ का ४५ बर्षीय धर्मेन्द्र महतो कोइरी त्यहाँबाट भाग्न सफल भएको एसपी कार्कीले जानकारी दिएका छन्।

उनीहरूले बिक्रिका लागि ल्याएको मधेश प्रदेश ०५–००१ प ०३९१ र द्यच् ण्ट ऋल् डडछद्द नम्बरका दुई मोटरसाइकल बिजयपुर चौकबाट करिब १०० मिटर पूर्वतर्फ रमेश भट्टराईको घर नजिक इन्स्पेक्टर यादवको टोलीले नियन्त्रणमा लिइएको थियो। बरामद दुवै मोटरसाईकल र पप्पु साहले खरिद गरेको मधेश प्रदेश ०३ु० ३८प ८१३८ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल गरी तीनवटै मोटरसाईकल र पक्राउ परेका दुबैजना ईलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको छ। दुवैजना माथी हिजो सोमवार चोरी सम्बन्धी मुदा दर्तागरी जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थमाएर थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर यादवले बताएका छन्। इन्सपेक्टर यादवका अनुसार थप अनुसन्धान संगै मुख्य आरोपी पक्राउपरेपछि ईनीहरु चोरीको मोटरसाईकल कहाँबाट ल्याउँछन्, ब्लुबुक कसरी बन्छ गिरोहमा अरु कोको संलग्न छन खुल्ने छ।

तत्काल पक्राउ दुवैजना र फरार महतो सहित तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरिएको छ। पीडित भनिएका पप्पु साहले जाहेरी दिएपछि चोरी संगै ठगी, आपराधिक विश्वासघात र किर्ते मुद्दा चलाइने इन्स्पेक्टर यादवले जानकारी दिएका छन्। उनीहरूको गिरोहले दर्जनौं चोरीको मोटरसाईकल नक्कली ब्लुबुक देखाएर बिक्रिनामाको कागजको आधारमा बेचेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ।

एसपी कार्कीले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेदेखि रौतहटमा प्रहरीले सक्रियता बढाएको स्थानीयहरूले बताएका छन्।

बिगतमा जिल्लाको उतरिभेग गुजरा नगरपालिका र बाराको कोल्हवी लगायत सोही छेउछाउका केही नगरपालिकाका चौधरी र केही अन्य समुदायका युवाहरु संस्थागत रूपमा मोटरसाईकलको छोरी तथा अबैध खरिद बिक्री गर्ने गरेका थिए।

Comment


Related News

Latest News

Trending News