२०८२ कार्तिक १८, मंगलवार १७:१३

नेकपा माओवादी केन्द्रले बिभिन्न दलसंग पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको छ ।

मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बसेको माओवादी महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकतासम्बन्धी एजेण्डालाई पारित गरेको हो । पार्टीले एकतासम्बन्धी एजेण्डलाई पारित गरेसंग बुधबार नेकपा एकीकृत समाजवादी लगाएतका दलसंग एकता घोषणा गरिने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । एकता घोषणासभाबाट घोषणापत्र, अन्तरिम विधान पारितका साथै केन्द्रीय समिति गठन गरिने उहाले बताउनुभयो ।

त्यस्तै आगामी ६ महिनाभित्र एकता महाधिवेशन गरिने उहाको भनाइ छ । संघीय लोकतान्त्रीक गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै मुलुकलाई सुशासन र सामाजिक न्यायसहित मुलुकको रुपान्तरण गर्न बृहत कम्युनिष्ट एकताको आवश्यकता देखिएकाले कम्युनिष्टपार्टीबीच एकता गर्न लागिएको उहाले बताउनुभयो । उहाले पार्टीको सिद्धान्त माक्र्सवाद लेलिनवाद र कार्यक्रम नेपाली विशेषताको बैज्ञानिक समाजवाद हुने जानकारी दिनुभयो ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने उहाले बताउनुभयो ।

महाधिवेशन आयोजक समितिको बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टीमा फर्कन र संगै अघि बढ्न जनार्दन शर्मालाई आग्रह गर्नुभएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News