जनकपुरधाममा सडक अवरुद्ध गरी आन्दोलनरत स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले दमन गर्दै निर्घात कुटपिट गरेका छन् ।
सो क्रममा मंगलबार साँझ पिडारी चोकबाट आन्दोलनरत तीन जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् भने दुव्र्यवहारसहित एक महिला स्वास्थ्यकर्मीलाई मरनासन्न हुने गरी कुटपिट गरेको स्वास्थ्यकर्मी रञ्जित यादवले बताए ।

जनकपुरधाम मंगलबार पिडारी चोकस्थित अवरुद्ध गरिएको जनकपुरधाम–ढल्केवर सडकखण्ड खुलाउने क्रममा शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका स्वास्थ्यकर्मीहरुमाथि अश्रुग्यास प्रहारसंगै कुटपिटसमेत गरेको स्वास्थ्यकर्मी यादवले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा स्वास्थ्यकर्मीहरु ओम कापडी, पशुपति र नाम नखुलेका एकजना अझै रहेका छन् ।
उनीहरुले जनकपुरधामस्थित रामानन्द चोक हुँदै पिडारी चोकमा दिउँसोदेखि नै साँझसम्म जनकपुरधाम–ढल्केवर सिक्सलेन सडक अवरुद्ध गरी आन्दोलनमा छन् । सो क्रममा बाटो खुलाउँदै आन्दोलनलाई नियन्त्रणमा लिनका लागि धनुषा प्रहरीले करिब ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलनमा उत्रिएका छन् । मन्त्रालयले सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए । उनले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नउठाइएकाले बाध्य भएर सडकमा उत्रिएर आन्दोलन गर्नुपरेको बताए ।
नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलनमा उत्रिएका छन् । श्रमशोषणमा परेको भन्दै उनीहरूले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको तलबअनुसार पाउनुपर्ने, स्वास्थ्यकर्मीको परिवारजनको निःशुल्क स्वास्थ्य उपचार, स्वास्थ्यकर्मीको सुरक्षा र बीमाको व्यवस्थासहित सात बुँदे माग गर्दै आन्दोलन थालेका छन् ।
मन्त्रालयले सूचना जारी हुँदासमेत निजी अस्पतालहरूले कार्यान्वयन नगरेको स्वास्थ्यकर्मी रामविनय ठाकुरले बताए । उनले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि अहिलेसम्म कुनै ठोस कदम नउठाइएकाले बाध्य भएर सडकमा उत्रिएर आन्दोलन गर्नुपरेको बताए ।

