२०८२ कार्तिक १९, बुधबार १९:४४

मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्र सोनलले कातिक २२ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन प्रदेशसभा सचिवालयलाई पत्र बुझाएका छन् ।

प्रदेशसभा सचिवालयमा विश्वास मत लिने सम्बन्धमा जानकारी गराउँदै व्यवस्था मिलाइ दिन पत्र बुझाइएको छ । सरकारमा सहभागी दलका संसदीय दलका नेताहरुले पत्र बुझाउँदै संविधानको धारा १६८ को उपधारा (४) बमोजिम कातिक २२ गते विश्वास मत प्राप्त गर्न वातावरण मिलाइदिन अनुरोध गरेका छन् ।



सोनललाई असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News