निजी अस्पतालका स्वास्थ्यकर्मीहरु बुधवार चौथो दिन पनि आन्दोलन जारी रहेको छ ।
विभिन्न माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरु बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रानलय र जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि ती आन्दोलनकारीहरुले दिउँसो करीब दुई घण्टासम्म विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले आफ्नो अधिकार क्षेत्र बाहिरको कुरा रहेकाले सम्बन्धित निकायसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदर्शनकारीहरुको उपस्थितिमा प्रजिअ लुइटेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवसँग कुरा गरेपछि सचिवले बिहीबार निजी अस्पतालहरुको अनुगमन गर्ने उनले बताए । त्यसपछि आन्दोलनरत पक्षहरुसँग वार्ता प्रक्रिया अघि बढाउने प्रतिवद्धता आन्दोलनका अगुवा उदय साहले बताए ।

