२०८२ कार्तिक २०, बिहीबार ०६:५६

वर्तमान सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्लाहीमा भूमिहीनहरुले प्रदर्शन गरेका छन् ।

मलंगवामा बुधबार जिल्ला भुमि अधिकार मंच सर्लाहीका अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा सरकारविरुद्ध चर्को नारावाजी गर्दै सैकडौँ भूमिहीनहरुले प्रदर्शन गरेका छन् । सुकुम्वासीहरुले जग्गाधनी लालपुर्जा पाउनुपर्ने, सुकुम्वासीहरु माथि हुन लागेको चलखेल र विभेद विरुद्ध सरकारलाई खबरदार गर्न शान्तिपुर्ण विरोध प्रदर्शन गरेको भूमि अधिकार मंच मधेश प्रदेशका सदस्य जीत बहादुर गोलेले बताए ।



भूमिहीन सुकुम्वासीहरुले ५ बुँदे माग सहितको ज्ञापन पत्र नापी कार्यालय सर्लाहीका प्रमुख संजय मानन्धरलाई बुझाएका हुन् । भूमि अधिकार मंचका जिल्ला अध्यक्ष घिमिरे भने आफूहरुको मागलाई सरकारले बेवास्ता गरे भूमिहीन सुकुम्वासीहरुले चरणवद्ध आन्दोलन गर्न बाध्य हुनेछु ।

सर्लाहीमा ६ हजार ४ सय ५९ भूमिहीन दलित, ८ हजार ७ सय ५२ भूमिहीन सुकुम्वासीहरुले जग्गाधनी पूर्जाका लागि निवेदन दिएको थियो । भूमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्न आयोग मार्फत कामहरु भइरहेको अवस्थामा भूमि आयोग खारेज गर्ने सरकारको निर्णयले आफूहरु निरास भएको भूमिहीन सुकुम्वासीहरुले बताएको छ ।

सरकारले आफूहरुको समस्यालाई बुझेर तत्काल समाधान गर्नुपर्ने भूमिहीन सुकुम्वासीहरुले जोडदार माग गरेको छ ।

Comment


Related News

Latest News

Trending News