२०८२ कार्तिक २०, बिहीबार ०७:००

जनकपुरधाममा चाडपर्वको मौका छोपी भएको चोरी घटनामा संलग्न भएका आरोपितहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ व्यक्तिहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षीया काली भन्ने हिरा देवी मुखिया, ४५ वर्षीया राधा देवी मुखिया, जनकपुरधाम उपमहानगर– ८ का १९ वर्षीया जस्मिन खातुन, जनकपुरधाम– २ स्थित माँ अम्बे ज्वेलर्सका संचालक सत्रोधन साह सोनारको छोरा २७ वर्षीय सुरज साह सोनार र महोत्तरीको एकडाँडा गाउँपालिका वडा नं.३ का चन्देश्वर साहको छोरा माँ अम्बे ज्वेलर्सका मजदुर २३ वर्षीय अनरजित कुमार साह रहेका धनुषा प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।



आरोपितहरुबाट चाँदी जस्तो देखिने बाला थान–२, चाँदी जस्तो देखिने पाउजु थान–२, रातो मोतिमा पहेलो धातु भएको माला थान–१, सुनको नथिया थान–१, सुनको सिक्रीले जोडिएको औठी थान–२, सुनको नाकमा लगाउने नथुनी थान–१, रक्षा ज्वयर्लस लेखिएको पर्स भित्र नगद नेपाली २९ हजार रुपैयाँ र श्री कृष्ण ज्वयर्लसबाट जस्मिन खातुनको नामको सुनको नथुनीको बिल भरपाई थान–१, सेन्टको बोतल थान–१, चाँदीको पाउँजु २ जोड (चार वटा), र सुनको घाँटीमा लगाउने हार थान–१ बरामद भएको प्रहरी नायब उपरीक्षक बमले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित नमूना बस्तीमा दीपावली पर्वको सन्ध्यामा पुरन सिंह थारुको घरमा रातको समयमा नगद तथा विभिन्न किसिमको सुनका गरगहना तथा अन्य सामग्रीसहित चोरी भएको भन्ने सूचनाको आधारमा अनुसन्धान गरी पक्राउ गरिएको उनले स्पष्ट पारे । उनीहरुमाथि धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बमले बताए ।

Comment


Related News

Latest News

Trending News