२०८२ कार्तिक २०, बिहीबार ११:५२
लगातार घट्दै गएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा २० रुपैयाँले बढेर तोलाको तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ९० रुपैयाँ थियो ।


