२०८२ कार्तिक २०, बिहीबार १५:३३

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौँमा बिहीबार प्रदर्शन गरेको छ।

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले र्‍यालीसहित शान्ति बाटिकाबाट भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो।

भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ। सभालाई महासचिव चन्दले सम्बोधन गर्नेछन् ।

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ।

Comment

Related News

Latest News

Trending News