नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले चलाउनका लागि सरकारले संसद भंग गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ओलीले वर्तमान सरकार असंवैधानिक भएको दोहराउदै देशलाई छाडा ढंगले चलाउनका लागि संसद भंग गरिएको आरोप लगाउनुभएको हो ।
उहाले बिघटित प्रतिनिधिसभाको पुनसर््थापनाको माग गर्दै देशव्यापी आन्दोलन गर्न लागिएको जानकारी दिनुभयो । ओलीले पहिले नै फैसला सुनाइसकेको मान्छेलाई जनेजी आन्दोलन जाँचबुझ आयोगको अध्यक्ष बनाएर सरकारले ड्रामा गरेको भन्दै आयोगको निर्णय मान्य नहुने स्पष्ट पार्नुभयो ।
निर्वाचनको म्याण्डेड पाएको सरकारले गरेको राजदूत फिर्ता गर्ने काम उचित नभएको उल्लेख गर्दै ओलीले राजदूत फिर्ताका बिषयमा अदालतले गरेको आदेश समेत प्रधानमन्त्रीले उलंघन गरेको धारणा राख्नुभयो । उहाले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका रहेको बताउनुभयो ।
अदालतमा आगो लगाउनेहरुबाट बनेको सरकारले निरन्तर रुपमा असंवैधानिक कार्य गरिरहेको उहाको भनाइ छ । त्यस्तै ओलीले कम्युनिष्ट पार्टीबीच भएको एकताको कुनै अर्थ नरहेको बताउनुभयो । झलनाथ खनाल आफुसंग कुरा गर्न आएको भन्दै उहाले पदमा कुरा नमिलेपछि माओवादीसंग मिल्न गएको बताउनुभयो ।


