२०८२ कार्तिक २०, बिहीबार १९:०१

उच्च अदालतको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविराज जोशीका मुद्दाको मूल मिसिल झिकाउने आदेश गरेको छ।

न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जिल्ला अदालतका फाइलसहितका कागजात झिकाउने आदेश गरेको छ।

मुद्दाको मिसिल अपुग भएको भन्दै थप मिसिल झिकाएर मात्र अर्को पेशी चढ्ने र सुनुवाइ हुने आदेशमा उल्लेख छ। त्यसपछि बिगो बराबरको रकम तिरेर थुनामुक्त हुन पाउँ भनी रविले दिएको निवेदनमाथि सुनुवाइ हुने अदालतले जनाएको छ।

Comment


Related News

Latest News

Trending News