२०८२ कार्तिक २१, शुक्रबार ०७:३४

जनकपुर– ढल्केवर ६ लेन सडकखण्डमा विभिन्न ठाउँमा तीन वटा आकाशे पुलको निर्माण कार्य भइरहेको छ ।

करिब साढे १० करोडको लगानीमा सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामद्वारा निर्माण कार्य भइरहेको छ । व्यापारी राजमार्गको रूपमा रहेको सो राजमार्गमा अत्यधिक पैदल यात्रीको भीड रहेको भन्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महिला विकास चोक तथा सखुवा चोकमा गरेर दुई वटा र सोही सडक खण्डको लक्ष्मीनिया गाउँपालिकाको बजार चोकमा एक वटा आकाशे पुलको निर्माण गर्ने हुन लागेको छ ।



क्षीरेश्वरनाथ नगरपालिकाको महिला विकास चोकमा ३ करोड ३५ लाख रुपैयाँ, सखुवा चोकमा ३ करोड ५७ लाख रुपैयाँ तथा लक्ष्मीनिया गाउँपालिकाका आकाशे पुलको निर्माण ३ करोड ४२ लाख रुपैयाँ भ्याटसहितको लागतमा दुई वटा निर्माण कम्पनीले आकाशे पुलको निर्माणको लागि ठेक्का पाइ काम गरिरहेको सडक डिभिजन कार्यालय मुजेलियाका प्रमुख डिभिजनल ईन्जिनियर दरोगा प्रसादले जानकारी दिए ।

चालु आर्थिक वर्षको असार भित्रमा निर्माण सम्पन्न गर्ने सो आकाशे पुलको उचाइ ५.६ मिटर तथा लम्बाई २९.४ मिटर र पुलको चौडाइ ३ मिटर रहेको सो कार्यालयका साईट इञ्जिनियर उज्जवल झाले बताए ।

Comment


Related News

Latest News

Trending News