२०८२ कार्तिक २१, शुक्रबार १६:०९

भारतको बिहार राज्यमा हुने विधान सभा चुनावका कारण रौतहट जिल्लाको सीमावर्ती नाका चार दिनका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय, गौरले शुक्रवार जारी गरेको सूचनाअनुसार भारतको सितामढी र पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधान सभा निर्वाचन यही कार्तिक २५ गते (११ नोभेम्बर २०२५) बुधबारका दिन हुँदैछ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा आवागमन अस्थायी रूपमा रोक लगाउने निर्णय गरिएको प्रशासनले जनाएको छ।



प्रमुख जिल्ला अधिकारी सिडियो दिपेश सागर भुसालका अनुसार शान्ति सुरक्षा व्यवस्थापनका लागि कार्तिक २२ गते भोली सनिवार बिहान ८ बजेदेखि मिति कार्तिक २५ गते बुधबार बेलुका ८ बजेसम्म नेपाल–भारत सीमा नाकामा आवश्यक सेवाबाहेकको सम्पूर्ण आवागमन पूर्ण रूपमा बन्द रहनेछ।

प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन तथा तोकिएको अवधिसम्म सीमा नाकाबाट आवागमन नगर्न अनुरोध गरेको छ।

Comment


Related News

Latest News

Trending News