२०८२ कार्तिक २१, शुक्रबार १७:००

संघीय संसद् र प्रदेशका पदाधिकारीहरुले संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् । उनीहरुले सरकारको निर्णय पुनर्विचार गर्नका लागि पहल गर्ने जनाएका छन् ।



लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सेवा सुविधाको व्यवस्था संविधानमा नै व्यवस्था रहेकाले कानून अनुसार नै व्यवस्था हुनुपर्ने बताउनुभयो ।

सरकारले सेवा सुविधाका बिषयमा सुझबुझ नपुराइ निर्णय गरेको निष्कर्ष रहेको उहाले बताउनुभयो ।

त्यस्तै व्यवस्थापीका संसद र प्रदेश संसदले बनाएका कानून कार्यान्वयनमा जोड दिनुपर्ने समेत छलफलको निष्कर्ष रहेको उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News