मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले भाषाहरुको संरक्षण गर्नकालागि सो भाषाहरुलाई जनजीविकासंग जोडेर अगाडी बढाउनु आवश्यक रहेको बताएका छन् । संसारमा कयौँ भाषाहरु जनजीविकासंग जोडिन नसक्दा निरिहतापूर्वक समाप्त भएको इतिहास रहेकाले आफ्ना परम्परागत भाषा तथा सभ्यताहरुलाई समेत जीविकासंग जोडेर विकास गर्नु आवश्यक रहेको बताए ।
नेपाल इंगलिश लैन्गुएज टिटचर्स एसोसिएसन (नेल्टा)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै मुख्यमन्त्री सोनलले इंगलिश विश्वभरी प्रभावकारी भाषा बनि सकेकाले विद्यार्थीहरुलाई इंगलिशको ज्ञान संग संगै आफ्ना परम्परा तथा भाषाको पनि ज्ञान हुनु आवश्यक रहेको बताए । उनले हाम्रा परम्परा, जीवनको मूल तथा जीवनको सार्थकतालाई अन्त्यसम्म लिएर जानुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सोनलले सामुदायिक विद्यालयहरु इंगलिश विषयको अध्ययन अध्यापनको अवस्था संतोषजनक नरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताए । यद्यपि विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाई रहँदा शिक्षकहरुले विद्यार्थीहरुमा प्रतीस्पर्धी भावनाको विकास गर्नुका साथै उनीहरुमा संस्कार पनि जोगाउने तर्फ सचेत हुनुपर्ने बताए ।

