२०८२ कार्तिक २१, शुक्रबार १८:३४

धनुषा जिल्ला प्रशासन कार्यालयले आगामी मङ्गलबार भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनलाई दृष्टिगत गर्दै जिल्लाका नेपाल–भारत सीमावर्ती नाकामा आवागमन तीन दिनका लागि बन्द हुने जानकारी दिएको छ।

प्रशासनले जारी गरेको सूचनाअनुसार शान्ति सुरक्षा व्यवस्थापनका लागि मिति २०८२ कात्तिक २२ गते साँझ ६:०० बजेदेखि २५ गते साँझ ६:०० बजेसम्म नेपाल–भारत सीमा नाकामा मानवीय तथा आर्थिक सेवाबाहेक सम्पूर्ण आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।



धनुषा प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको सूचनामा सीमा बन्द अवधिमा आवश्यकताबाहेक कुनै पनि प्रकारको व्यक्ति तथा सवारी साधनको आवाजाइ नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

जिल्ला प्रशासनले सीमाक्षेत्रमा शान्ति सुरक्षा र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कडाइका साथ सीमा अनुगमन गरिने जनाएको छ।

Comment


Related News

Latest News

Trending News