२०८२ कार्तिक २२, शनिबार ०७:५१

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

रौतहटको राजपुर फरहदवा घरभएका ६३ वर्षीय आलमको काठमाडौँ स्थित मेडिकल कलेजमा उपचारका क्रममा शुक्रवार राति २ बजेर ५८ मिनेटमा मृत्यु भएको उनका निकटतम महमद नौशादले बताएका छन्।



आलम केही सातादेखि किडनीमा समस्या भएपछि कात्तिक दोस्रो साता देखिनै केएमसीमा उपचारका लागि भर्ना भएका थिए। किडनी संगै मुटुमा समस्या देखिएपछि उनलाई केहीदिन देखी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उच्च अदालत बिरगंजको फैसला अनुसार गत जेठ महिनामा नक्खु कारागारबाट छुटेपछि उनलाई एक पटक ब्रेन स्ट्रोकसमेत भएको थियो। त्यसबेला माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भएको थियो। त्यस पछि उनको भारतको राजधानी दिल्लीमा उपचार भएको थियो। दिल्लीबाट फर्किए लगत्तै पुनः उनको स्वस्थ अवस्था बिग्रिएपछि काठमाडौं स्थित के एमसीमा भर्ना गरिएको थियो।

आलम २०६४ सालको निर्वाचनको पूर्व संध्यामा उनका आफन्तको गोठमा भएको बम विष्फोटमा घाईते भएका केही मानिसलाई उनकै आदेशमा जिउँदै जलाएको आरोपमा पक्राउ परेका थिए। उक्त घटना प्रकरणमा आलम सहित केही मानिसलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

नेता आलमको निधनप्रति नेपाली कांग्रेसका नेता तथा उनका निकटतम राजनीतिक सहकर्मीहरूले गहिरो शोक व्यक्त गरेका छन्।

स्वर्गिय आलमको पार्थिव शरीर आजै उनको घर रौतहट स्थित राजापुर फरहदवा ल्याईने र मुस्लिम परम्परा अनुसार दिउँसो अन्तेष्टि गरिने महमद नौशादले जानकारी दिएका छन्

उनको दुइछोरा रहेका छन्।

Comment


Related News

Latest News

Trending News