दुनियाकै सबभन्दा शक्तिशाली मुलुक अमेरिकाको सबभन्दा सम्पन्न र सुदृढ सहर न्युयोर्कको मेयर पदमा ३४ वर्षीय जोहरानक्वामे ममदानी आफ्नो विजयी जुलुस मनाइ रहँदा, गत साता नेपालमा ७३ वर्षीय माधवकुमार नेपाल र ७१ वर्षीय पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता सभामा तल्लीन थिए ।
जेन–जी उमेर समूहका युवाहरुको शहादतपूणर््ा आन्दोलनको रापतापबाट बेखबर दुबै नेता पार्टी एकीकरण गरेर पुनः पार्टी र सरकारको नेतृत्वमा आउने पटकथा लेख्दै थिए । यता भक्तपुरको गुण्डुस्थित निवासबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जेन–जी पुस्तालाई ललकाडा दिँदै मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने नाममा ‘युथ भोलिन्टियर फोर्स’ गठन गर्ने उर्दी जारी गर्दै थिए ।

जेन–जी आन्दोलनको क्रममा घाइते भइ हाल उपचारार्थ सपत्नी सिंगापुर पुगेका नेपाली कांग्रेसका ७९ वर्षीय सभापति शेरबहादुर देउवा आफू निकट नेताहरुमार्फत विशेष महाधिवेशन मंसिरमा हुनुपर्ने सामयिक महाधिवेशन टार्ने गरी रणनीति बनाउँदै थिए । दशकौंदेखि पार्टी र सरकारको शीर्षमा रहँदै आएका यी नेताहरुको रबैया देख्दा मलाई मैथिलीको एउटा पुरानो उखान स्मरण आयो– ‘गाम करे हूलि–मारि आ केदन मांगे चुम्मा ।’ ४० वर्षमुनिका उमेर समूहलाई युवा भनिन्छ ।
२०७८ सालको जनगणनाको तथ्यांकतर्फ ध्यानाकर्षण गर्ने हो भने नेपालको कुल जनसंख्याको ४२ दशमलव ५ प्रतिशत अर्थात् १ करोड ३० लाख व्यक्ति १६ देखि ४० वर्ष उमेर समूहका छन् । अर्कोतिर नेपालका मूलप्रवाहका दलहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ७९ वर्षका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीको उमेर ७४ वर्ष पुगिसकेका छन् ।
हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको उमेर ७१ वर्ष तथा सह–संयोजक माधवकुमार नेपालको उमेर ७३ वर्ष हो । दलहरुको मुखियाको उमेर गणना युवा देशका बुढा नेताहरुभन्दा अत्युक्ति होला जस्तो लागेन । यद्यपि दुनियामा केही यस्ता नेताहरु पनि भए र अहिले पनि छन् ।
जसको कार्यक्षमतालाई उमेरले छेकवार गरेको छैन । बुढ्यौलीमा पनि उनीहरु तन्नेरी झैँ देश र जनताका पक्षमा शानदार काम गरेका छन् र गर्दै पनि छन् । तर बढ् दो उमेरले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य, कार्यक्षमता, कामप्रतिको प्रतिवद्धता आदिलाई प्रभावित गरेको उदाहरणहरु छन् ।
त्यसैले राजनीति, समाजसेवा कि वा कुनै पनि पेशामा लागेकाहरुको मूल्यांकन उमेरकै आधारमा गर्नु उचित न होला । तर अध्ययन र अनुभवको पोको बोकेका राष्ट्रसेवक, प्राध्यापक, न्यायाधीशहरुको हकमा उमेर हद लगाइएको मुलुकमा जनप्रतिनिधिहरुको हकमा न्यूनतम शिक्षा र उमेर हद नहुनु आफैमा बेइमानी हो । फेरि पाका उमेरका मानिसहरुको स्वास्थ्यदेखि स्मरणशक्तिसम्म क्षीण हुने गरेको विज्ञान सम्मत सत्य पनि हो ।
३४ वर्षीय जोहरानक्वामे ममदानी न्युयोर्क सहरको मेयर पदमा विजयी भएको पहिलो घटना भने होइन, यस अघि सन् २०१७ मा इम्यानुयलम्याक्रो ३९ वर्षको उमेरमा फ्रान्सका राष्ट्रपति निर्वाचित भएका थिए भने सन् २०१६ मा भोलोदीमीर ग्रोयीस्म्यान ४० वर्षको उमेरमा युक्रेनको प्रधानमन्त्री निर्वाचित भएका थिए । सन् २०१६ माजुरी रतस ४० वर्षको उमेरमा इस्टोनियाको प्रधानमन्त्री निर्वाचित भएका थिए । सन् २००८ माजेसिण्डा आरडन ३८ वर्षको उमेरमा न्युजिलैण्डको प्रधानमन्त्री निर्वाचित भएकी थिइन् ।
युवा पुस्ताका नेताहरुले आ–आफ् ना देश र जनताको पक्षमा गरेको कामको अहिले पनि प्रशंसा हुने गरेको छ । मुलुकको राजनीतिक व्यवस्था लगभग दश वर्षको फरकमा परिवर्तन हँुदै आएको छ । व्यवस्था परिवर्तन भए पनि सत्ताको स्वरुप तथा कामकारबाहीमा खासै सुधार भएको देखिदैन । भ्रष्टाचार, भाइभतिजावाद, जातिवाद, क्षेत्रवादलगायतका विभेद चरममा छ ।
पञ्चायतकालमा यिनै थापा, गिरी, चन्दहरुको हालिमुहाली थियो । २०४६ पछि पनि यिनै कोइराला, भट्टराई, देउवाहरुको हालीमुहाली कायम भयो । २०६३ र २०७२ को संघीय लोकतान्त्रिक गणतान्त्रिक युगमा पनि यिनै देउवा, दाहाल र ओलीहरुको प्रभुत्व छ । आदिवासी, जनजाति, मधेशी, महिलामाथिको थिचोमिचो रोकिएको छैन ।
गजब त के पनि छ भने २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएयताको १० वर्षमा यीमध्येकै तीनजनाले आठ पटक प्रधानमन्त्री बन्न भ्याएका थिए। ऋनि नवाँै पटक प्रधानमन्त्री बन्ने लिखत सिरानीमा राखेका थिए । प्रधानमन्त्री वा मन्त्रीको रुपमा आफ्नो एउटै नेताको अनुहार पटकपटक देख्दा पनि पार्टीका कार्यकर्ताहरुलाई दिक्क नलागेको हुनसक्छ ।
तर आमनागरिकलाई मन परेन । खासमा देश दुनियामा हुँदै गरेका सकारात्मक परिवर्तनहरुलाई नजिकबाट नियालिरहेका युवा पुस्ता वाक्कदिक्क भएका थिए । जेन– जी आन्दोलनको एउटा कारण यो पनि थियो जस्तो लाग्छ । पाँचपाँच पटक प्रधानमन्त्री भएका नेता आफ्नो उपचार आफ्नै देशमा गराउन सक्ने अस्पताल फेला पार्न नसक्नु नेताहरुको कामकाजको ठूलो उदाहरण हो ।
मुलुकमा लोकतन्त्र, संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षता, समावेशी समानपातिक प्रणाली लगायतका अग्रगमनको मार्गमा डो¥याउन प्रचण्ड, बाबुराम, देउवा, ओलीलगायतका नेताहरुको ठूलो योगदान छ । वहाँहरुको योगदानलाई उच्च सम्मान गर्नै पर्दछ । यिनै नेताजीहरुको सत्संगमा हुर्के बढेका राजनीतिक दलहरुका दोश्रो, तेश्रो र हाल चौथों पुस्ताका नेताहरु पनि योग्य र सक्षम छन् ।
दल विशेषमा नलागेका युवा पुस्ता पनि राजनीतिमा आउन चाहेका छन् । अतः शीर्ष नेताजीहरु क्रमशः पुस्तान्तरण प्रक्रियालाई अघि बढाउँदै आफूलाई अभिभावकको भूमिकामा व्यवस्थापन गर्नु उचित होला कि ?

