२०८२ कार्तिक २२, शनिबार १५:०२
नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ।
आज बसेको आकस्मिक बैठकले आलमको निधनप्रति दुख व्यक्त गर्दै कार्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने रसम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको छ।

