२०८२ कार्तिक २२, शनिबार १७:११

प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै असर बाँकी नराख्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पु¥याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

जनेजी आन्दोलनले नेपाल पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने म्याण्डेट दिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अग्रगामी दिशामा देशलाई लिएर जानु बाहेक विकल्प नरहेको प्रष्ट पार्नुभयो । उहाले राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति सजग रहेको बताउनुभयो ।

कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उहाले बताउनुभयो । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको भन्दै निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारवाही नभए दण्डहीनता मौलाउने भएकाले कुनै पनि नाममा यसलाई प्रश्रय दिन नहुने बताउनुभयो । उहाले पेशा व्यवसाय गरी खाने वर्गले सुरक्षित रुपमा काम गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सबैले प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । व्यवसायीले सुरक्षाको अनुभूति नगरिरहेको बेला गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिमा उद्योग वाणिज्य संघलाई सहभागि गराउने परिपत्र हुनु सकारात्मक बिषय भएको उहाले बताउनुभयो ।

त्यस्तै ढकालले निजी क्षेत्रले रोजगारी, राजश्व, पुर्वाधार निर्माण र समाजप्रतिको जवाफदेहीतालाई राज्यले आत्मसात गर्दै आम सर्वसाधारणलाई पनि बुझाउने गरि मन्त्रीपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News