२०८२ कार्तिक २२, शनिबार १७:५८

मुख्मन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।

आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका छन् । उनले आजै केही बेरमा राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाउने पनि बताएका छन् । मुख्यमन्त्री सोनलले सभामुख रामचन्द्र मण्डलले एकलौटी रुपमा आज बैठक सञ्चालन गरेको आरोप लगाएका छन् । सोनलले प्रदेश सभा र संघीयतालाई समाप्त हुने प्रयास भइरहेको आरोप लगाएका छन् ।

त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि प्रदेश सभा बैठक स्थगीत भएको घोषणा गरेका छन् ।

 

Comment


Related News

Latest News

Trending News