२०८२ कार्तिक २२, शनिबार १९:३१

गृहमन्त्री ओमप्रकाश अर्यालले जनेजी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पार्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरुलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताउनुभएको हो ।

उहाले अहिलेसम्म ३८० जनालाई पक्राउ गरिएको र १५० जनामाथि विभिन्न मुद्दाहरु चलेको जानकारी दिनुभयो । जेनजी आन्दोलनपछि ७१० हतियार फिर्ता ल्याइसकेको, १४ हजार ५ सय ४९ कैदी फरार रहेकोमा ९ हजार ५ सय २१ कैदी फिर्ता भइसकेको उहाले बताउनुभयो । गृहमन्त्री अर्यालले हतियार र फरार कैदी फिर्ता ल्याउन विशेष अप्रेशन चलाउने उल्लेख गर्नुभयो । गृहमन्त्री अर्यालले कानुनी राज्यको वहाली भइसकेकाले उद्योगी व्यवसायीहरुको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रुपमा दिने प्रतिवद्धता जनाउनुभयो । नेतालाई मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै उहाले अहिले मुलुकमा फरक ढंगले सुशासन कायम भएको जिकिर गर्नुभयो ।

उहाले मुलुकमा सुशासन नभएकै कारण जेनजी आन्दोलन भएकाले सुशासन दिन नसके द्वन्द्व दोहरिन सक्ने अवस्थाप्रति सरकार सजक रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News