२०८२ कार्तिक २३, आईतवार ०७:२०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जेन– जी फ्रन्ट घोषणा गरिएको छ । जनकपुरधाममा शनिबार नेपाली कम्यूनिष्ट पार्टी–जेनजेड फ्रन्ट तथा अभियान घोषणा कार्यक्रममा विद्यार्थी र युवाहरुको भेलाबाट जेन– जी फ्रन्ट घोषणा गरेका छन् ।

श्याम साहको संयोजकत्वमा घोषणा गरिएको फ्रन्टको सह–संयोजकमा मुकेश यादव स–संयोजक रहेका छन् भने सल्लाहकारमा शिवचन्द्र झालाई चयन गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी र शीर्षनेतृत्वलाई चेतावनीसहित सुध्रिनका लागि एवं पार्टी सुदृढीकरणका लागि आफूहरुले जेन–जेड फ्रन्ट घोषणा गरेको संयोजक श्याम साहले बताए । उनले जेन– जी आन्दोलनले युवा नेतृत्वको सरकार हुनु पर्नेमा अहिले पनि विगत झैँ वृद्धालाई नै प्रधानमन्त्री बनाएकोप्रति आपत्ति जनाए । उनले अहिले ठूला भनिएका दलका अध्यक्ष र अगुवाहरु वृद्ध भएका कारण अब पार्टी युवाहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए । उनले अब पार्टीमा पचास प्रतिशत सहभागिताको माग गरे । आधिकारिक नारा राजनीतिक परिवर्तनको अर्को पाना, युवा पुस्ताको नेतृत्व समाजवादी क्रान्ति रहेको संयोजक साहले बताए ।

फ्रन्टको मूल आदर्श वैचारिक सुदृढता, समाजवादी क्रान्ति, संगठनात्मक अनुशासन र वर्गीय जनसेवा रहेको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News