२०८२ कार्तिक २३, आईतवार ११:०७
आइतबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ३८ हजार ४०० रुपैयाँ कारोबार भएको थियो ।

त्यसतै आज चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

