२०८२ कार्तिक २३, आईतवार ११:१५

गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन्। तर, शुद्धचित्तले काम गरिरहेको उको भनाइ छ।

जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन।’

उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताएका छन्।

 

Comment

Related News

Latest News

Trending News