२०८२ कार्तिक २३, आईतवार १६:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेसका प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ४८ र गत आर्थिक वर्षको जिम्मेवारी सरी आएको ९२३ उजुरी गरी कुल ३ हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरी मध्ये २ हजार ९१० उजुरी फर्छयौट भएको र बाँकी १ हजार ६१ उजुरी आर्थिक वर्ष २०८२/०८३मा छानविन हुने गरी जिम्मेबारी सरेको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिवास कार्यालयमा घुस रिसवत सम्बन्धी ३७ वटा, गैरकानूनी हानी लाभ सम्बन्धि ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धि २७ वटा, सार्वजनिक सम्पति हानी नोक्सानी सम्बन्धि २४ वटा, गैरकानूनी सम्पति अर्जन सम्बन्धि ८ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै यी उजुरीहरुमा ६१९ पुरुष, ९४ महिला तथा ४० संघसंस्था गरी कुल ७५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवाना मार्फत ६ अर्ब १ करोड ८४ लाख ७२ हजार बढी विगो माग दावी गरिएको प्रतिवेदनमा जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News