२०८२ कार्तिक २३, आईतवार १६:०५

विभिन्न दलका राजनीतिक संघ-संगठनमा संलग्न शिक्षक, कर्मचारीलाई सरकारले मान्यता नदिने बताएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका संघसंगठनलाई मन्त्रालयले मान्यता नदिने र बर्खास्त गर्ने चेतावनी दिएका हुन्।

‘कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिनेसम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु’ पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Comment

Related News

Latest News

Trending News