२०८२ कार्तिक २४, सोमबार ०७:१०
मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।
प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भन्दै उपचारका लागि काठमान्डौ जान लागेको पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलाई बताएकी थिईन । तर उनले बिहान एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ ।




