२०८२ कार्तिक २४, सोमबार ०७:३९

भारतीय महावाणिज्य दूतावासले वीरगञ्जमा भव्य हिन्दी कवि सम्मेलनको आयोजना गरिएको छ ।

यस अवसरमा भारत र नेपालका प्रतिष्ठित कवि तथा कवयित्रीहरूले आफ्ना प्रभावशाली कविता प्रस्तुत गरी कार्यक्रमलाई अत्यन्त भावपूर्ण बनाए । कवि सम्मेलनलाई उद्घाटन गर्दै भारतीय महावाणिज्य दूत देवी सहाय मिलाले कार्यक्रमको मुख्य उद्देश्य नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै हिन्दी भाषालाई सबै बिच पुर्याउनुका दुबै देशबिच साहित्यिक एकतालाई अझ प्रगाढ प्रवद्र्धन बनाउने बताए । कार्यक्रमको अध्यक्षता महावाणिज्य दूत देवी सहाय मीनाले गरेका थिए ।

सम्मेलनमा झण्डै १५ जना प्रसिद्ध हिन्दी कविहरूले देशभक्ति, समाज, संस्कृति, हास्यव्यंग्य र व्यक्तिगत अनुभूति सम्बन्धी कविताहरू सुनाए । यस कवि सम्मेलनमा कविता प्रस्तुत गर्ने स्रष्टाहरूमा राम भरोस ‘कपरी भ्रमर’ (जनकपुर), हरेंद्र हिमकर (रक्सौल), सतीश चन्द्र ‘सजल’, डा. सुचित शर्मा, शंकर नारायण यादव, प्रमोद पाण्डेय, अमोद गुप्ता, ऋतुराज, अनीता साह, जानकी गोस्वामी, अस्मिता पटेल, प्रिया मिश्रा, गीता कर्ण, अशोक वैद र सच्चिदानन्द सिंह जस्ता प्रतिभाशाली रचनाकारहरू रहेका थिए ।

Comment


Related News

Latest News

Trending News