जनकपुरधामको समग्र विकासका लागि दुरदृष्टिसहित इमान्दरीता आवश्यक रहेको धारणा आइतबार यहाँ आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले राखेका छन् ।
गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रद्वारा आयोजित “प्रादेशिक राजधानी जनकपुरधाम अतीत, वर्तमान र आगतको अपेक्षा” विषयक कार्यक्रममा सहभागी वक्ताहरूले सम्बन्धित निकायहरू इमानदार नहुँदा जनकपुरधामको अपेक्षित विकास हुन नसकेको बताए ।
कार्यक्रममा पूर्व मेयर बजरंग प्रसाद साहले जनकपुरधामको पौराणिकता र ऐतिहासिकता संरक्षणका लागि कुनै ठोस प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले सुरकिशोर दासदेखि लिएर रामस्वरुप–रामसागर साहजस्ता दानी व्यक्तिहरू र मकेश्वर सिंहको योगदान जनकपुरधामवासीहरूले बिर्सिएको भन्दै दुःख प्रकट गरे । उनका अनुसार इमानदार प्रयास भए मात्र जनकपुरधामको सही रूपको विकास सम्भव छ ।
त्यस्तै, प्राध्यापक भोगेन्द्र झाले जनकपुरधामको पर्यटन क्षेत्र नै विकासको मूल आधार हुन सक्ने बताउँदै, त्यसको कार्यान्वयनमा सम्बन्धित निकायहरू उदासीन देखिएको गुनासो गरे । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय महासचिव परमेश्वर साहले जनकपुरधामप्रति सम्बन्धित निकायहरूको दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गरे । उनले भने, “जिल्लाको सदरमुकाम जनकपुरधाम अहिले मधेश प्रदेशको राजधानी बनेको छ, तर त्यसअनुसारको विकास कार्य देखिएको छैन ।” साहले वर्तमान मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, “उहाँको काममा न नयाँपन देखिन्छ, न गर्व गर्न सकिने उपलब्धि ।” उनका अनुसार अहिलेको जनकपुरधामको स्वरूप पूर्व मेयर लालकिशोर साहको पालामा बनेको हो, तर हालका मेयरले जनकपुरधामको पहिचान झल्काउने कुनै महत्वपूर्ण कार्य गर्न सकेका छैनन् ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सचिव संजय चौधरीले प्रतिवद्धता गरिएको कामहरू कार्यान्वयन नहुँदा जनकपुरधाम स्थिर विकासबाट वञ्चित भएको बताए। उनले प्रश्न गरे, “जनकपुरधाम भनेर सधैं जानकी मन्दिरलाई मात्रै कति भजाउने



