२०८२ कार्तिक २४, सोमबार १२:४७

मधेशमा संविधानको धारा १६८को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको भन्दै ७ राजनीतिक दलले सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको सात दलको बैठकले प्रदेशसभाको बहुमतलाई बेवास्ता गर्दै संविधानविपरीत मुख्यमन्त्री नियुक्ति भएको विरोधमा बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिने निर्णय भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए । उनले ७ दलका ७४ प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित अदालत जाने तयारी भईरहेको बताए ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै राजीनामा दिएपछि आइतबार कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम नै सरकार गठनको प्रक्रिया अगाडी बढाउन माग गर्दै आईरहेका थिए ।

तर प्रदेश प्रमुख भण्डारीले सोमबार बिहानै संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैशियतमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि दलहरू विरोधमा उत्रिएका हुन् ।

Comment


Related News

Latest News

Trending News