२०८२ कार्तिक २४, सोमबार १२:४९
सुनको भाउ आज एकैदिन दुई हजार नौ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको तीन हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

