२०८२ कार्तिक २४, सोमबार १९:१४
मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । भण्डारीले आज विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।



