मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग गर्दै जनकपुरधाममा आज पनि प्रदर्शन जारी रहेको छ ।
जनकपुरधामको मधेश भवन अगाडि जसपा नेपाल, लोसपालगायत सात दलका नेता तथा कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।
मधेश भवनअगाडि प्रदर्शनसँगै टाइर बालिएको छ । संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने अवस्था हुँदा पनि एमालेका लागि धारा १६८ (३) अनुकूल बनाउने काम गरेको भन्दै दलहरूले सभामुखको राजीनामा मागेका हुन् ।
मधेशमा एमालेको सभामुखसहित २५ सदस्य छ । यसमा एक सदस्य निलम्बनमा छन् । ठूलो दलको हैसियतले धारा १६८ को उपधारा ३ अनुसार मधेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव सोमबार बिहान मुख्यमन्त्री भएपछि सात दलको प्रदर्शन सोमबारदेखि नै जारी छ ।



