२०८२ कार्तिक २५, मंगलवार १७:१३

सरकारले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत प्रसारणलाइनका लागि बिभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँवायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४०० केभि विद्युत प्रसारणलाइनका लागि नवलपरासी, पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विधुत प्रसारणलाइनको मध्यरेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिव १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरि निषेध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ भने नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरि बैठकले स्वास्थ्य सेवा बिभागको महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ सचिव डा टंक प्रसार बारकोटीले दिनुभएको राजीनामा स्वीकृत गरेको प्रवक्ता खरेलले बताउनुभयो ।

प्रवक्ता खरेलले कानून विधि अनुसार प्रभावकारी रुपमा काम गर्न सक्ने योग्यहरुबाट प्रहरी महानिरिक्षक चयन गरिएको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News