धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले अदालतको अवहेलना गरेको छ ।
जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ७ का विजय कुमार राउतले आफूसँग स्थानीय संजन देवीले लिएको ऋण रकम भुक्तानीको मुद्दामा धनुषा जिल्ला अदालतले आरोपितलाई दुई वर्ष कैद सजाय गरेको फैसलामा प्रहरी निरीक्षक यादवले उनलाई पक्राउ नगरी अदालतको फैसलालाई कार्यान्वयन नगरेको आरोप लगाए ।
राउतले मंगलबार पत्रकार सम्मेलन गरी अदालतले दुई वर्ष कैद सजाय फैसला गरिसकेका आरोपित दिलीप कुमार राउतकी ३५ वर्षिय पत्नी संजन देवी राउतलाई पक्राउ नगरी अदालतको फैसला कार्यान्वयन नगरी अवहेलना गरेको बताए । उनले भने, ‘अदालतको आदेश कार्यान्वयन गर्न जिल्ला प्रहरी प्रहरी कार्यालयले तीन÷तीन पटक र प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालय समेतले आदेशको आदेश कार्यान्वयन पत्राचार गरेपनि त्यसलाई प्रहरी निरीक्षकले बेवास्ता गर्दै आएको छ ।’
निकै दबाबपछि प्रहरी निरीक्षकले संजनदेवीलाई आरोपितलाई सोमबार केही बेर पक्राउ गरी राखेर पुनः के कति आधारमा बेलुकातिर छाडि दियो । यो घटनाले आपसी लेनदेनको आधारमा छाडिएको हुन सक्ने पीडित विजय राउतले आशंका गरेका छन् । घटना क्रम अनुसार २०७५ जेठ ९ गतेमा सोही वर्षको कार्तिक मसान्तभित्र रकम भुक्तान गरिदिने शर्तमा विजयकुमार राउतको पत्नी अनिता देवी राउतसँग ५ लाख १० हजार रुपैया ऋण लिएकी थिइन् ।
पटक पटकको ताकेतापछि सो रकम भुक्तान नगरेपछि पीडितले जिल्ला अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाई गर्दै जिल्ला अदालतले २०८२ भदौ १३ गतेका दिन बिगोसहित दुई वर्ष कैद सजाय गर्दै पक्राउ गरी जलेश्वर कारागारमा बुझाउन आदेश दिएका थिए । सो आदेश पश्चात जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालयलाई पक्राउ गरी अदालतमा बुझाउन तीन/तीन पटक निर्देशन दिएपनि प्रहरी निरीक्षकले बेवास्ता गर्दै पीडित राउतले जिप्रकाको पत्र देखाउँदै उनले भने ।
आरोपितले रकम नतिर्ने मनसायमा ऋणदाता अनिता देवीको पति विजय राउतविरुद्ध अनुचुति लेनदेन (मिटरब्याज) शाखामा निवेदन समेत दिएका थिए । तर अदालतले सो मुद्दामा ऋणीलाई कैद सजाय आदेश गरिसकेको जिप्रकाले जानकारी गराएपछि उनलाई सफाई दिएको थियो ।
अनिता देवीसंग ऋण लिएको तमसुकको वडा कार्यालयले २०८० कात्तिक १६ गतेमा १० प्रतिशत ब्याज दिने गरी कानुनी वैद्यानिकता समेत दिइसकेको छ । पीडित विजय राउतले पत्रकार सम्मेलनमा भने मलाई मेरो रकम भुक्तानका लागि अदालतले जे आदेश गर्छ त्यो सम्मानसहित मान्नेछु ।
आरोप बारे प्रहरी निरीक्षक यादवले आफ् नो क्षेत्राधिकार भित्र नभइ लक्ष्मिनिया प्रहरी चौकी अन्तर्गत रहेको भन्दै आफूले अदालतको आदेशको अवहेलना नगरेको दाबी गरे । यता जिप्रका धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले भने, ‘अदालतको आदेश आए पनि आरोपितले ४/५ दिनमा रकम फिर्ता गर्ने गरेको आग्रहमा व्यवहारिक रुपले छाडेका छौँ ।’



