२०८२ कार्तिक २६, बुधबार ११:३३

सुनको मूल्य बुधबार घटेको छ। बुधबार सुन प्रतितोला दुई लाख ४४  हजार तीन  सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार एकै दिन सुन चार हजार नौ सयले मूल्य बढेर कारोबार भइरहेको थियो।

सो दिन सुन प्रतितोला दुई लाख ४६ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस चार हजार एक सय आठ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा बुधबार चाँदीको मूल्य भने बढेको छ। अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँले मूल्य बढेर तीन हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको हो।

Comment

Related News

Latest News

Trending News